आरडिटी पोजेटिभ युवतीको बीरगञ्जमा उपचारका क्रममा मृत्यु

  साउन ०९, २०७७

वीरगञ्ज साउन ९ : कोरोना भाइरस संक्रमणको आशंकामा उपचारत एक १७ वर्षिय युवतीको गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जमा मृत्यु भएको छ ।

बाराबो परवानीपुरकी उक्त किशोरीमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको आरडिटी परीक्षण पोजेटिभ आएपछि गण्डक अस्थायी कोभिड अस्पताल भर्ना गरि उपचार सुरू गरिएको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जैमुद ठाकुरले बताउनुभयो ।

उपचारकोक्रममा शुक्रबार उनको मृत्यु भएको स्वास्थ्य निरीक्षक ठाकुरले बताउनुभयो । मृतक युवतीको पिसिआर परीक्षणका लागि स्बाव संकलन गरि सकिएको र राति अबेरसम्म रिपोर्ट आईसक्ने स्वास्थ्य निरीक्षक ठाकुरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया