राप्रपाका नेता मिश्र, राणा र अधिवक्ता नेपाल पक्राउ

  चैत १४, २०८१

काठमाडौँ, १५ चैत : प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उहाँहरुलाई आज साँझ पक्राउ गरिएको हो ।

तीनकुनेमा आज घटेको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको छ ।

त्यसैगरी प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया