राहत कोषमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ६० लाख हस्तान्तरण

  असोज २३, २०८१

काठमाडौँ, २३ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५० लाख हस्तान्तरण गरेको  गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । 

कर्पोरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गर्नुभएको कर्पोरेसनले जनाएको छ । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिनुभएको कर्पोरेसनले जनाएको छ ।    

सोही अवसरमा प्रधानमन्त्री ओलीलाई विद्युत उत्पादन कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यबाट कम्पनी र त्यहाँका कर्मचारीसमेतबाट ६ लाख ४६ हजार ५ सय, नेपाल इन्स्योरेस्स कम्पनी, भारतबाट १० लाख कोषमा हस्तान्तरण भएको छ। 

तपाईको प्रतिक्रिया