काठमाडौँ, असार २० : कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरि कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
यससँगै देशभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १५ हजार ४९१ जना पुगेको छ । शुक्रबारसम्म सङक्रमितको सङ्ख्या १५ हजार २५९ रहेको थियो ।
हालसम्म कोरोनाभाइरसका सङ्क्रमित छ हजार ४१५ जना मुक्त भई घर फर्केका छन् । कोरोनाभाइरसका नौ हजार ४२ जना सङ्क्रमित हाल आइसलोसनमा छन् ।






