लकडाउनबीच बन्दै रातो मच्छिन्द्नाथको रथ

  असार २०, २०७७

काठमाडौं, असार २० : नेपालकै सबैभन्दालामो समयसम्म चल्ने रातो मछिन्द्रनाथको रथयात्र पर्वका लागि रथ निर्माण कार्य शुरु गरिएको छ । असार १० गतेबाट ललितलपुरको पुल्चोकमारथ निर्माण कार्य शुरु गरिएको हो ।

कोरोना भाइरसको विश्वव्यापी महामारी र यसले नेपालम पारेको प्रभाव र नियन्त्रणका लागि गरिएको देशव्यापी लकडाउनका कारण स्थगितभएको रातो मछिन्द्रनाथको रथ जात्रा यस बर्ष हुने वा नहुने भन्नेमाअन्योल भएको अवस्थामा ललितपुर महानगरपालिका, जात्रासँग सम्वन्धित विभिन्न संघसँस्था तथा सरोकारवालाहरुसँगको छलफलबाट रथ निर्माण गर्ने विषयको टुंगो लागेसँगै रथ निर्माणको काम अगाडि बढेको हो ।

अहिले रथ निर्माणको कार्य निरन्तर रुपमा चलिरहेको छ । जस अन्तर्गत रथमा खटहरु राखि बेत तथा डोरिले बाध्ने कामभईरहेको छ, भने रथको पांग्रा राख्ने काम सकिएको छ । रथ निर्माण भएसँग मछिन्द्रनाथ रथ यात्राहुने निश्चित भएको छ, तर कोरोनाको संक्रमण कायम रहेको अवस्थामा सतर्कता अपनाएर रथ यात्रागर्ने पक्षमा सरोकारवालाहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया