अछाममा क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

  असार १७, २०७७

अछाम, असार १७ : उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएका रामारोशन गाउँपालिका ४५ वर्षीय व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

मङ्गलबार स्वास्थ्य कार्यालय अछाममाम प्राप्त रिपोर्ट अनुसार उपचारका क्रममा आइतबार मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

भारतबाट आएर १४ दिन स्थानीय क्वारेन्टाइनमा बसेका उनी आरडीटी परीक्षणमा नेगेटिभ आएपछि असार ९ गते घर गएका थिए । शनिबार एक्कासि स्वासप्रस्वासमा समस्या आएपछि उनलाई अस्पलातको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । भारतमा रहँदा मधुमेहका बिरामी भएको इन्सुलिन लिइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया