कांग्रेसको कानून विभागमा १० सदस्य मनोनित

  भदौ १४, २०८१

काठमाडौँ, १४ भदौः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहनुभएको कानून विभागको सदस्यमा विभिन्न १० सदस्य मनोनीत गर्नुभएको छ ।

उहाँले आज कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभाग सदस्य मनोनीत गर्नुभएको हो ।

विभाग सदस्यमा शिवराज पाण्डे, कलमबहादुर खत्री, दुर्गाबहादुर सुनार, दीपकराज गौतम, ध्रुव श्रेष्ठ, रामचन्द्र गौतम, खिल गिरी, मन्दिरा शर्मा, अनिलकुमार कर्ण र शोभा घिमिरे मनोनीत हुनुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया