रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

  साउन ०२, २०८१

काठमाडौँ, २ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा श्री बडाललाई उक्त पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया