सिमलताल पहिरो : मृतकका परिवारलाई मधेश सरकारले एक लाख दिने

  साउन ०२, २०८१

महेन्द्रनगर (धनुषा), २ साउन : मधेश प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेश प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताउनुभयो ।

“दुर्घटनामा परी ज्यान गुमाउनेका पीडित परिवारलाई राहत दिने घोषणा गरेका छौँ”, मुख्यमन्त्री सिंहले रासससित कुरा गर्दै भन्नुभयो, “मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।” मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताउनुभयो । (रासस)

तपाईको प्रतिक्रिया