जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  साउन ०१, २०८१

भक्तपुर, २ साउन : प्रहरीले बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

भक्तपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने सिन्धुली गोलन्जोर गाउँपालिका–५ घर भएका ३८ वर्षीय नवराज श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया