चार लाख घुससहित दुई जना कृषि प्राविधिक पक्राउ

  साउन ०१, २०८१

काठमाडौँ, १ साउन : दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिकलाई चार लाख १२ हजार नगद घुस सहित पक्राउ गरेको छ ।

अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूको साथबाट ४५ लाख ६० हजारका पाँच थान चेक र अशोकको नाममा काटिएको दुई लाख ५० हजारका थप दुई थान चेकसमेत बरामद गरिएको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया