काठमाडौँ, असार ६ : नेपालमा थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित आठ हजार ६०५ पुगेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
थप १७८ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक हजार ५८८ निकाे भएका छन् । रेड जाेनमा ५०६ जना पुगेकाे छ । आज तीनजना रेड जाेनमा परेका छन् ।
काठमाडाैं उपत्कामा ९ जना महिला सङ्क्रमित
काठमाडाैँमा थप एक महिला सङ्क्रमित भएका छन् । भक्तपुरमा सातजना महिलालाई पनि कोरोना भएको छ ।






