गाजामा हमासका वरिष्ठ कमान्डर मारिएको इजरायली सेनाको पुष्टि

  असार ०८, २०८१

काठमाडौँ, ७ असार : इजरायली सेनाले बिहीबार उत्तरी गाजापट्टीको बेइट हानौन सहरमा भएको हवाई हमलामा हमासका एक कमान्डर मारिएको पुष्टि गरेको छ । 

इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बेइट हानौन क्षेत्रमा स्नाइपर अपरेसनको नेतृत्व गर्ने र इजरायली सेनाहरू विरुद्ध आतङ्कवादी कार्यमा भूमिका खेल्ने अहमद अल–सवारकालाई सैन्य विमानले मारेको बताउनु भयो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार आइडिएफ सेनाहरूले मध्य गाजापट्टी र दक्षिणी रफाह क्षेत्रमा काम गर्न जारी राखेका छन् । 

गाजाका स्वास्थ्य अधिकारीहरूले बिहीबारसम्म इजरायली सैन्य कारबाहीबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ३७ हजार ४३१ पुगेको छ र ८५ हजार ६५३ घाइते भएको बताएका छन् । (सिन्ह्वा)

तपाईको प्रतिक्रिया