बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

  असार ०१, २०८१

काठमाडौँ, ३२ जेठ : सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल– अजहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । बक्र ईदमा हरेक वर्ष सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया