त्रिविको जग्गा खोजबिन गर्न बनेको समितिले थाल्यो काम

  जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आजदेखि काम थालेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज समितिका पदाधिकारीहरुलाई शिक्षामन्त्री सुमना श्रेष्ठ, सचिव डा दिपक काफ्लेलगायत अधिकारीहरुले स्वागत गर्नुभएको छ । मन्त्री श्रेष्ठले समितिले निर्धारित समयमा काम सम्पन्न गर्ने अपेक्षा गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया