त्रिभुवन विमानस्थलको धावन मार्गको प्वाल पुरिएपछि उडान सुरु

  जेठ २४, २०८१

काठमाडौँ, २४ जेठ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा  देखिएको सानो प्वाल पुरेपछि उडान र अवतरण पुनः सुरु भएको छ । 

धावनमार्गमा प्वाल परेपछि विमान उडान र अवतरण करिब एक घण्टा प्रभावित भएको थियो । प्रभावित भएको उडान र अवतरण अहिले जारी रहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “विमानस्थलको धावनमार्गमा एउटा सानो लेयरमा समस्या आएर प्वाल परेको थियो। अहिले त्यो पुरिएर विमान अवतरण र उडान भएको छ ।” 

उहाँका अनुसार एक घण्टा विमानस्थल अवरुद्ध हुँदा अवतरणका लागि आएका विमान आकाशमै होल्ड भएका थिए। अहिले विमान अवतरण गर्ने क्रम जारी रहेको छ ।

तपाईको प्रतिक्रिया