बिजयीता भण्डारी
तिमीले चोर्दै गर्दा
विकृति लाई ओड्दै गर्दा
आफ्नो रीतिरिवाज भेषभुषा
छोड्दै गर्दा
सगरमाथाको चुचुरोमा बसेको मेरो 
देशले देखि भन्दैछ 
तिमी चोर हो चोर
निष्पट अध्यारोलाई उज्यालो
पार्ने त्यो जुन चोर
धर्ती मुनि तरल भइ बसेको
 सुन चोर
तिमीले विकृति लाई ओड्दा पनि
संस्कृति लाई छोड्दा पनि
तिमीलाई माया गरिरने
आफ्नो ठानिरहने यो 
 भुमिको गुन चोर
तिमीले देश टुक्राटुक्रा पार्दै गर्दा
देश बनाउने भाषण छाट्दै गर्दा
भिन्न भिन्न मुलुकलाई उदाहरण
बनाइ ज्ञान बाड्दै गर्दा 
 स्वतन्त्रतामा डाफे चरी बनी उड्दै गरेको 
मेरो देशले तिमीलाई देखि भन्दैछ 
तिमी चोर हो चोर
कोसौ टाढा बाट मेरो देशको सुन्दर प्रकृति 
सजाउन 
तिमीलाइ बचाउन धर्ती संगको सम्बन्ध निभाउन 
आउने झरीको निर्मलता सँग चोर
हरेक रातको अन्धकार चिर्दै सुनौलो बिहानी 
 दिन उदाउने
सुर्यको निस्वार्थ किरण सँग चोर
तिमीले सत्य लाई भुल्दै गरेको 
आफ्नै घरमा डाकु हुल्दै गरेको
हिड्ने बाटो मोड्दै गरेको 
अर्काको भाषा चोर्दै गरेको 
लालिगुरास बनी पाहाड मा फुलेको 
मेरो देशले तिमीलाई देखि भन्दैछ 
 तिमी चोर हो चोर
नियमितताको पाठ सिकाउन एक 
पल विश्राम नलिने त्यो 
समय सँग चोर
सुनामीको प्रवाह बिना
निर्मलता र निश्चलताको परिभाषा
बोकेको समुन्द्र सँग चोर
सगरमाथाको चुचुरो मा बसेको मेरो देशले 
तिमीलाई भन्दैछ  छोड
 संस्कार संस्कृति रीतिरिवाज भेषभुषा चोर्न
तिमीलाई चोरनु छ चोर
हावा र पानी सँग चोर
घाम र जुन सँग चोर 
समुन्द्र र पहाड सँग चोर 
धर्ती र आकाश सँग चोर 
तिमी चोर हो चोर
                    
      




