नेपालगञ्ज, जेठ ३१ : बाँके, बर्दिया र रोल्पाका गरि ४२ जनामा शनिबार कोरोना सङ्क्रमण देखिएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १९, बर्दियाका ६ र रोल्पाका १७ जना गरि ४२ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार,बाँकेको राप्ती सोनारी गाउँपालिकाका १५, खजुरा गाउँपालिकाका ३ र नेपालगञ्ज उपमहानगरपालिकाका एकजनामा सङ्क्रमण देखिएको छ ।
यसैगरी बर्दियाको बारबर्दियाका ६ र रोल्पाको सुनीलस्मृति गाउँपालिकाका १२ र बमरुक गाउँपालिकाका ५ जनामा सङ्क्रमण देखिएको हो ।






