उत्तरपश्चिम पाकिस्तानमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

  बैशाख ०१, २०८१

इस्लामावाद, १ वैशाख : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको विस्फोटमा तीन बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएको अधिकारीले बताएका छन् ।

दुर्घटना उत्तरी वजरिस्तानको आदिवासी समुदाय बहुल क्षेत्रमा बालबालिकाहरूले खेल्दा बारुदीसुरुङमा कुल्चिँदा घटना भएका स्थानीय प्रशासनले जनाएको छ । विस्फोटमा घाइते भएकामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते बालकलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया