कर्णालीमा थप ८३ जनामा कोरोना सङ्क्रमण, कुल ८४६

  जेठ ३०, २०७७

सुर्खेत, जेठ ३० : कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । शुक्रबार नयाँ ८३ जना कोरोना सङ्क्रमित देखिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ८४६ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोेगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै शुक्रबार थप २२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन्र । दैलेखका नारायण नगरपालिकाका २२ जना कोरोनामुक्त भएर घर फर्किएका हुन् । उनीहरूको दैलेखको जिल्ला अस्पतालमा उपचार गरिएको थियो । कर्णालीमा कोरोनाबाट निको हुनेको सङ्ख्या ८२ पुगेको छ । अहिलेसम्म तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया