मस्को आतङ्कवादी हमला : आज देशभर शोक मनाउन आदेश

  चैत ११, २०८०

काठमाडौँ, ११ चैत : मस्कोमा शुक्रबार भएको गोली काण्ड र त्यसपछिको आगलागीमा परी ठुलो क्षति भएको छ । मस्कोको उपनगर क्रास्नोगोसकको क्रोकस सिटी हलमा कन्सर्ट हुनुअघि आतङ्कवादी हमला भएको थियो ।

आगलागीबाट करिब १३ हजार वर्ग मिटर क्षेत्र प्रभावित भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिवार मस्को आतङ्ककारी हमलामा संलग्न सबै चार बन्दुकधारीलाई पक्राउ गरिएको बताउनुभएको छ । पुटिनले उक्त घातक हमलाका लागि जिम्मेवार सबैलाई कारबाही गरिने बताउनुभयो । उहाँले आइतबार देशव्यापी शोक मनाउने आदेश पनि दिनुभएको छ । (सिन्ह्वा)

तपाईको प्रतिक्रिया