काठमाडौँ, जेठ २८ : भारत प्रशासित कश्मीरमा ८ कमान्डरसहित २२ जना आतंककारी मारिएका छन् । सुरक्षाकर्मीहरुको चलाएको सुरक्षा कारबाहीका क्रममा पछिल्लो १५ दिनमा उनीहरु मारिएका सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुस्लिम बाहुल्य कश्मीरमा इदका अवसरमा केही दिनअघि स्थगित गरिएको सुरक्षा कारबाही पुन: सुरु भएको हो । सुरक्षा निकायको कारबाहीमा इस्लामिक स्टेट (आईएस) का जम्मु–कश्मीर कमान्डर अडिल अहम्मद वामी र लस्कर–ए–तैवाका साहिन अहमद थोकर मारिएका जनाइएको छ ।
त्यसैगरी, दुई सातायताको कारबाहीका क्रममा अन्य कमान्डर र लडाकुहरु पनि मारिएका सुरक्षा स्रोतले जनाएको छ । जम्मु–कश्मीर प्रहरीका महानिरीक्षक डिल्बाग सिंहले यस वर्षमात्रै उक्त क्षेत्रमा ८८ जना लडाकु मारिएका यसअघि नै जनाएका थिए ।






