पूर्वप्रम खनाल र चिनियाँ राजदूत छनबीच भेट

  फागुन १५, २०८०

काठमाडौँ, १५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का  सम्मानित नेता तथा  विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ । 

भेटका अवसरमा उहाँहरूबीच समसामायिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा. शङ्कर खतिवडाले जानकारी दिनुभयो । (रासस)

तपाईको प्रतिक्रिया