विराटनगरमा शङ्कास्पद वस्तु फेला, डिस्पोज गर्ने तयारी

  फागुन ०१, २०८०

काठमाडौं, १ फागुन : कोशी प्रदेशको विराटनगरमा शङ्कास्पद वस्तु फेला परेको छ । विराटनगर महानगरपालिका–३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको हो ।

शङ्कास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर डिस्पोज गर्ने तयारी गरिरहेको छ । खाल्डो खनेर प्रेसर कुकर राखिएको छ । घटनास्थललाई घेरा हालेर प्रहरीले सुरक्षित गरेको छ ।

तपाईको प्रतिक्रिया