बानेश्वरको सडक डिभिजन कार्यालयमा आगलागी

  माघ २८, २०८०

काठमाडौं, २८ माघ : काठमाडौँको नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयको भवनमा आगलागी भएको छ । प्रहरी वृत्त नयाँबानेश्वरका असई नरविक्रम थापाका अनुसार दिउँसो २ः१५ बजे आगलागी भएको हो ।

अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । आगलागीबाट कति क्षति भयो  भन्ने यकिन भने नभएको उहाँको भनाइ छ । विद्युत सर्ट भएर आगलागी भएको असई थापाले बताउनुभयो । आगलागीबाट केही सामान भने नष्ट भएका छन् । छ वटा दमकलको प्रयोगले आगलागी नियन्त्रणमा आएको हो ।

तपाईको प्रतिक्रिया