काठमाडौं, जेठ २६ : नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या तीनहजार ७६२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।
त्यसैगरी, थप २१ जना डिस्चार्ज हुनुभएकाे छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ४८८ पुगेको छ । त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट कुल मृत्यु १४ पुगेको छ ।






