कम्पाला (युगाण्डा), ५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम)को उन्नाइसौं सम्मेलनमा सहभागी हुनुभएको छ ।
सम्मेलनमा भाग लिन बिहीबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल युगाण्डाको कम्पाला आपुगेको हो । प्रधानमन्त्री प्रचण्डले नामको सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यतालिका रहेको छ ।

सम्मेलनमा सहभागी हुनुअघि प्रधानमन्त्री प्रचण्डले युगाण्डामा रहेका नेपालीसँग भेट गर्नुभएको थियो । भेटमा उहाँले आफ्नो युगाण्डा भ्रमण पहिलो रहेको बताउनु हुँदै यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताउनुभयो ।








