राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट

  पुष २६, २०८०

काठमाडौं, २६ पुस : राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आज (बिहीबार) भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवम् सङ्घीयतालाई संस्थागत गर्न योगदान पुर्‍याउनेमा नेपाली जनता विश्वस्त रहेका बताउनुभयो ।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपाल र आयरल्याण्डबीचको सौर्हादपूर्ण सम्बन्धलाई अझ बलियो बनाउँदै भविष्यमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रमा आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया