सशस्त्र प्रहरीमा इन्स्पेक्टरसहित २ सय ८८ जनाको जागिर खुल्यो

  पुष २०, २०८०

काठमाडौँ, २० पुस : सशस्त्र प्रहरीले प्रहरी निरीक्षक सहित २८८ जनाको आवेदन माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ । 

माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचीकार लगायतका पद रहेका छन् । प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि २१ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनु पर्ने छ । 

सूचना हेर्नुस् :

तपाईको प्रतिक्रिया