बालकुमारीका प्रदर्शनकारीको विषयप्रति गम्भीर बन्न कांग्रेसको माग

  पुष १३, २०८०

काठमाडौं, १३ पुस : नेपाली कांग्रेसले बालकुमारीमा प्रदर्शनकारीले उठाएको विषयप्रति गम्भीर बन्न सरकारसँग माग गरेको छ ।

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार शुक्रबार ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा सवार गाडीमा आगजानी हुनु र प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा युवाको मृत्यु तथा केही व्यक्ति घाइते भएको घटनामा गम्भीर ध्यानाकर्षण गरिएको बताउनुभएको हो ।

घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयप्रति गम्भीर बन्न माग गरिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया