प्राग विश्वविद्यालयमा गोली प्रहार : १० जनाको हत्या

  पुष ०५, २०८०

प्राग, ५ पुस : प्राग विश्वविद्यालयमा गोली प्रहार गरी १० जनाको हत्या गरिएको छ । चेकका राष्ट्रपति पेटर पावेलले प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट आफू “स्तब्ध” भएको बताउनु भएको छ ।

बिहीबार पेरिसको दुईदिने भ्रमणमा रहनु भएका पावेलले भन्नु भयो- “घटनाबाट स्तब्ध छु… गोलीबारीमा मारिएकाहरूका परिवार र आफन्तहरूप्रति गहिरो दुःख र गहिरो समवेदना प्रकट गर्न चाहन्छु ।”

एक जना बन्दुकधारीले गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् । घटनाबारे अनुसन्धान जारी छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया