बाँकेमा र बर्दियामा ४० कोरोना संक्रमित थपिए

  जेठ २४, २०७७

नेपालगञ्ज, जेठ २४ : बाँके र बर्दियाका ४० जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जले शनिबार दिउँसो एक सूचना जारी गरेर बाँकेका १२ र बर्दियाका २८ जना गरेर ४० जनाका कोरोना संक्रमण रहेको पुष्टि भएको जनाएको छ ।
अस्पतालका अनुसार नेपालगञ्ज–१ का ४१ वर्षिय एक महिला, बाँकेको खजुरा गाउँपालिकाका वडा नं–४ का ६ महिला र एक पुरुष तथा वडा नं–५ का १ महिला गरेर ८ जना, बैजनाथ गाउँपालिका वडा न–२ का १ जना महिला र वडा न–६ का २ जना महिला रहेका छन् ।
शनिवार थपिएका १२ जनासंगै बाँकेमा कुल संक्रमितको संख्या २६७ पुगेको छ । ती मध्ये एकजनाको मृत्यु भैसकेको छ भने ४३ जना निको भएर घर फर्किएका छन् ।
त्यस्तै बर्दियाको बाँसगढी नगरपालिका–२ का १ जना, ६ का १ र ९ का ३ जना, बढैयाताल गाउँपालिका–६ का १ जना र ७ का २ जना, गुलरिया नगरपालिकाका–३ का ९ जना, ६ का १ जना र १० का १ जना, मधुवन नगरपालिका–२ का २ जना र ५ का २ जना र राजापुर नगरपालिका–८ का २ जना र १० का ३ जना गरेर २८ जना रहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनु भयो । शनिवार दुबै जिल्लामा गरेर भेटिएका ४० जना संक्रमितहरुमा ३ जना महिला र ३७ जना पुरुष रहेका छन् ।
संक्रमितहरुमा ३ वर्षदेखि ६० वर्षसम्मका महिला पुरुषहरु रहेको अस्पतालले जनाएको छ ।
नर्स र पत्रकार निको भएर घर फर्किंदै
यसैविच बाँकेको खजुरास्थित शुसिल कोइराला प्रखर क्यान्सर आइसोलेसन अस्पतालमा भर्ना रहनु भएका नेपालगञ्जका एक जना नर्स र एक जना पत्रकार निको भएर शनिवार घर फर्कंदै हुनुहुन्छ ।
स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार उहाँहरु दुबै श्रीमान श्रीमति रहेको दुई पटक रिपोर्ट नगेटिभ आएपछि शनिवार घर फिर्ता गर्न लागिएको हो ।
यसअघि शुक्रवार र विहिबार गरेर बाँकेका १३ जना संक्रमितहरुले कोरोनालाई जितेर घर फर्किनु भएको थियो । हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या बाँकेमा ४३ पुगेको छ ।

तपाईको प्रतिक्रिया