काठमाडौं, जेठ २३ : नेपालमा शुक्रबार कोरोना भाइरसको २७८ जनामा कोरोना संक्रमण पुष्टि थपिएकाे छ ।
योसँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुई हजार ९१२ सङ्ख्या पुगेकाे नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार ४३ जना थप डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ ।






