रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते

  मंसिर ०४, २०८०

रुकुम पश्चिम, ४ मंसिर : रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

बिहान चौरजहारी नगरपालिका-८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा जीपमा रहेका सबै घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

चौरजहारी अस्पतालमा पुर्याएका २२ जना घाइतेको नाम दर्ता भएको र अझै विवरण सङ्कलनको काम  भइरहेको उहाँले बताउनुभयो । चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटका लागि छुटेको  जीप दुर्घटना भएको हो ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ । 

तपाईको प्रतिक्रिया