चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गयो

  मंसिर ०२, २०८०

जाजरकोट, २ मंसिर : चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गएकाे छ । जाजरकोटको छेडागाड नगरपालिका–१३ थानवाडा निवासी एक महिलाको चिसोका कारण ज्यान गएको हाे ।

ज्यान गुमाउने महिला मनसरी कामी १७ गतेदेखि पालमुनि बस्दै आउनु भएको थियो  । चिसो बढेसँगै बिरामी पर्नु भएकी उहँको आज बिहान ज्यान गएको छिमेकी जनक बहादुर खत्रीले जानकारी दिनुभयो ।

जाजरकोटका वारेकोट, कुशे र छेडागाड, भेरीका ५३ जनाभन्दा बढी चिसोका कारण बिरामी परेको सम्बन्धित पालिकाका स्वास्थ्य संस्थाहरुको तथ्याँक छ । यो सँगै चिसोका कारण ज्यान गुमाउनेको संख्या छ पुगेको छ ।

तपाईको प्रतिक्रिया