काश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु

  कार्तिक २९, २०८०

नयाँ दिल्ली, २९ कात्तिक : : भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् ।

बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण पर्खाइमा छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया