रत्नपार्ककाे शान्तिबाटिकामा आज २०औँ काग सम्मेलन

  कार्तिक २५, २०८०

काठमाण्डाै, २५ कात्तिक : काठमाण्डौको रत्नपार्कमा रहेकाे शान्तिबाटिकामा २०औँ ‘काग सम्मेलन’ गरिएको छ । 

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कमा रहेकाे शान्तिबाटिकामा आज बिहान काग बोलाएर २०औँ काग सम्मेलन गरिएको हो ।

सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पार्नुभएको थियो । दुलालले कागको स्वर निकालेर बोलाउनु भएपछि कागहरु उहाँको आवाज भएको ठाउँसम्म आएका थिए । दुलालले झन्डै १९ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आउनुभएको छ ।

काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानकासाथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठामीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।

तपाईको प्रतिक्रिया