थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २३०० पुग्यो

  जेठ २१, २०७७

काठमाडौं, जेठ २१ : पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २०१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित संख्या दुई हजार तीनसय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १/१ जना,ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७ , दैलेखका १ , सल्यानका ३ , मोरंङ र झापाका २/२ , तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् ।

त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २ , रुपन्देहीका २६ , महोत्तरीका ९ , दैलेखका ६ , कालिकोटका ७ , दाङका ८ , प्युठानका २ , धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना, नवलपरासीका ८ , रौटहटका ११ , रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

यस्तै मुलकभर क्वारेन्टाइनमा एकलाख ५५ हजार ८६८ रहेका छन् । डिस्चार्ज हुनेमा आज १२ जनासहित कुल २७८ जना पुगेको छ । २२२ जना पुरूष र ५६ जना महिला निकाे भएका छन् ।

मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २० हजार ३ सय ७९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ८० हजार २ सय ६७ परीक्षणहरु गरिएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया