कर्णालीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २३३ पुग्यो

  जेठ १९, २०७७

दैलेख,जेठ १९ : कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २३३ पुगेको छ । प्रदेश अस्पताल, सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय, सुर्खेतले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा कर्णालीका तीन जिल्लाका ३४ जनासहित सुदूरपश्चिम प्रदेशको एक जिल्लाका एक जना गरी थप ३५ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

थप सङ्क्रमण पुष्टि भएका सुर्खेतको लेकबेँसी नगरपालिका – १ का २१, २२, २२, २४, २६, २९, ३६ वर्षीय पुरुष, ८ वर्षिया बालिका छन् । लेकबेँसी – २ का २४ वर्षीय पुरुष सोही नगरपालिका – ३ का ३६, ६१ वर्षीय पुरुष लेकबेँसी – ५ का २५ वर्षीय पुरुष र पञ्चपुरी नगरपालिका – १० का, २५ वर्षीय पुरुष भेरीगङ्गा नगरपालिका – ११ का चार वर्षीय बालक २५, ६० वर्षीया महिला रहेका छन् ।

दैलेखका थप कोरोना सङ्क्रमित नारायण नगरपालिका – १ का १७, १९ वर्षीय पुरुष, नारायण – ३ का २७, ३०, ३१ वर्षीय पुरुष, नारायण- ८ का १७, २३ वर्षीय पुरुष, चामुण्डा बिन्द्रासैनी नगरपालिका – ७ का ४५ वर्षीय पुरुष, नौमुले गाउँपालिका – २ का २८ वर्षीय पुरुष रहेका छन् ।

सल्यानका कोरोना सङ्क्रमित वनगाड कुपिन्डे नगरपालिका – ३ का १७, १७, १९, १९ वर्षीय पुरुष, वनगाड- ४ का २२, २४, २५ वर्षीय पुरुष, वनगाड – ६ का २३, २४ वर्षीय पुरुष छन् । अछाम जिल्ला चौरपाटी गाउँपालिका – २ का ३१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशभर २ सय ३३ जना कोरोनाका बिरामी फेला परेको भए पनि दैलेखमा मात्र १०७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया