दसैँ बिदामा पनि आयोगले सेवा प्रवाह गर्ने

  कार्तिक ०२, २०८०

काठमाडौँ, २ कात्तिक : दसैँ बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म खुला रहने भएको छ ।

आमनागरिकको मानवअधिकार संरक्षणलाई दृष्टिगत गरी राखी बिदाका दिनमा पनि कार्यालय बन्द नगर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले उक्त अवधिमा मानवअधिकार उल्लंघनका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको अनुगमन गर्ने बताएको छ । (रासस)

तपाईको प्रतिक्रिया