राष्ट्रपतिले सर्वसाधारणलाई दसैंको टीका लगाइदिनुहुने

  कार्तिक ०२, २०८०

काठमाडौं, २ कात्तिक : विजया दशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तिहरूलाई अपराह्न २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ देखि ५ बजेसम्म शीतल निवासमा टीका लगाइने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया