इजिप्ट-फ्रान्सद्वारा इजरायल-हमास द्वन्द्व रोक्ने उपायबारे छलफल

  असोज ३०, २०८०

काठमाडौं, ३० असोज : इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले इजरायल-हमास द्वन्द्व रोक्ने उपायबारे छलफल गरेका छन् ।

सोमबार कायरोमा उनीहरुले दुई देशबीचको द्वन्द्व रोक्ने बारेमा छलफल गरेका हुन् । गाजापट्टीमा बिग्रिँदै गएको मानवीय अवस्था र गाजावासीहरुलाई तत्काल मानवीय र राहत सहायता उपलब्ध गराउन महत्त्वपूर्ण हुने बताए ।

नागरिकलाई घेराबन्दी, भोकमरी र विस्थापन जस्ता सजाय नदिन आग्रह गरे । फ्रान्सले गाजापट्टीमा मानवीय सहायताका लागि १० मिलियन युरो सहायता दिने  जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया