काठमाडौं, जेठ १९ : कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २२६ जनामा देखिएको छ । यससँगै नेपालमा संक्रमित संख्या एकहजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २२६ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । ती सङ्क्रमितमध्ये पुरुष २१३ जना र महिला १३ जना रहेका छन् ।
आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा बढी हो । हिजो आइतबार १६६ जना, गत शनिबार १८९ जना र शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै एक हजार ७९८ जनामा रोग देखिएको छ । तीमध्ये एक हजार ६६७ जना पुरुष र १३१ जना महिला रहेका छन् ।
डोटीमा पहिलोपटक संक्रमित पाइएकाले जम्मा संक्रमण भएका जिललाको संख्या ५९ पुगेको छ ।क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ जना रहेको छ ।
मन्त्रालयका अनुुसार सोमबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।
संक्रमित भएका जिल्लाहरु
- दैलेखका ४१
- कपिलवस्तुका ४०
- सर्लाहीका ३८
- जुम्लाका १९
- रौटहतका १८
- कैलालीका १४
- सल्यानका १०
- दाङका ९
- बाँकेका ७
- धनुषाका ७
- सुर्खेतका ५
- सिरहाका ५
- नवलपरासी पूर्वका ३
- झापाका २
- महोत्तरीका २
- मकवानपुरका १
- उदयपुरका १
- अछामका १
- बैतडीका १
- डोटीका १
- कञ्चनपुरका १






