मेक्सिकोमा गिर्जाघर भत्किँदा सातको मृत्यु

  असोज १५, २०८०

मेक्सिको, १५ असोज : उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक चर्चको छाना भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

राज्यका सार्वजनिक सुरक्षा प्रवक्ता जर्ज कुएलरले कम्तीमा सात जानको मृत्यु भएको पुष्टि गर्नुभयो । उहाँका अनुसार भग्नावशेषबाट हालसम्म १० जनाको उद्धार गरिसकिएको छ । उद्धारकार्य जारी छ ।

मदेरो शहरको सान्ता क्रुज चर्च भत्किनुको कारण संरचनागत कमजोरी हुन सक्ने कुएलरले बताउनुभयो । तामाउलिपासका गभर्नर अमेरिको भिल्लारियलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया