सुन तस्करी प्रकरण : बुधबारदेखि थुनछेक बहस हुने

  असोज ०९, २०८०

काठमाडौँ, ९ असोज : काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ ।

उक्त प्रकरणमा संलग्न प्रतिवादीको आज बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएकाले भोलिदेखि थुनछेक बहस सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया