आन्तरिक पर्यटन प्रर्वद्धन गर्न देश दर्शन कार्यक्रम ल्याइने

  जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : कोरोनाका कारण मारमा परेको पर्यटन उद्योगलाई माथि उठाउन कोरोना नियन्त्रण भएपछि आन्तरिक पर्यटन प्रवर्द्धन गर्न देश दर्शन कार्यक्रमलाई प्रोत्साहित गरिने भएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले आज सङ्घीय संसदकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै कोरोनाको असर नियन्त्रणपछि राष्ट्रसेवक कर्मचारी तथा निजी तथा सङ्गठित क्षेत्रका कर्मचारीलाई देश भ्रमण गर्न प्रोत्साहित गर्न देश दर्शन कार्यक्रम ल्याइने बताउनुभएको हो । यस्तै पर्यटन प्रर्वदन गर्न एक अर्ब २६ कराेड वजेटकाे व्यबस्था गरिएकाे छ । 

तपाईको प्रतिक्रिया