काठमाडौँ, जेठ १५ : गणतन्त्र दिवसको दिनमा अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८को आर्थिक बजेट पेश गर्नुभएको छ ।
नयाँ वानेश्वरस्थित ससंद भवनमा डा. खतिवडाले संघीय संसदको दुबै सदनमा २०७७/७८ को आर्थिक बजेट पेश गर्नुभएको हो ।
उहाँले नयाँ परिस्थितिले थपेको चुनौतीलाई समाधान गर्दै तीव्र विकास गर्नसकिने गरी बजेट निर्माण गरेको बताउनुभयो ।
भूकम्प गएको परिस्थितिलाई पार गर्दै यो परिस्थितिलाई पनि पार गर्ने प्रकारले बजेट निर्माण गरेको उहाँले बताउनुभयो ।
अर्थतन्त्रलाई पुनःउत्थान गर्ने विषयमा बजेट केन्द्रित भएको उहाँले बताउनुभयो ।






