दैलेखमा एक वर्षीय बालकसहित थप ८ जनामा कोरोना संक्रमण

  जेठ १५, २०७७

सुर्खेत, जेठ १५ : कर्णालीमा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका नारायण नगरपालिका – १ का २६ वर्षीय पुरुष, नारायण – ३ का १९, ३०, ३६, ४० पुरुष, नारायण – ४ का एक वर्षीय बालक २०, वर्षीया महिला र नारायण – ५ का १५ वर्षीय पुरुष रहेका छन् । संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् ।

योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ भने दैलेखमा मात्र १६ जना सङ्क्रमित पुगेकाे सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

यसअघि कोरोना पुष्टि भएका नारायण नगरपालिकाका २ जना डुङ्गेश्वर गाउपालिकाका तीन जना आठबीस नगरपालिकाका एक जना र गुराँस गाउँपालिकाका २ जना रहेका छन् भने बिहीबार पुष्टि भएका ८ जना पनि नारायण नगरपालिकाका रहेका छन ।

तपाईको प्रतिक्रिया