हेटौँडामा नौ क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ

  भदौ ३१, २०८०

मनहरी (मकवानपुर), ३१ भदौ : सशस्त्र प्रहरी बल १४ नं गढ हेडक्वार्टर मकवानपुरले हेटौँडाबाट ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ ।

टोलीले आज बिहान ४ बजे हेटौँडाबाट भारततर्फ जाँदै गरेको भारतीय एन एल ०१ एसी २१४४ नंको ट्रकबाट नौ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक अनिल कार्कीले बताउनुभयो ।

विशेष सूचनाका आधारमा सवारी खानतलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको कार्कीले बताउनुभयो ।

बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखी पुनः वेल्डिङ गरेर लुकाई ल्याएको अवस्थामा गाँजा बरामद गरिएको उहाँले बताउनुभयो ।

पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मा रहेको कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया