राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट

  भदौ ३०, २०८०

काठमाडौं, ३० भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेट गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुअघि राष्ट्रपतिसँग भेटवार्ता गर्नु भएको हो ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र सङ्घको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुँदै आज (शनिबार) साँझ न्यूयोर्क प्रस्थान गर्नुहुँदैछ ।

तपाईको प्रतिक्रिया